Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल

जुम्ला : चन्दननाथ नगरपालिकाले अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरुप न्यानो झोला र कम्बल उपलब्ध गराइन थालेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि न्यानो झोला र कम्बल उपलब्ध गराउन थालेको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई सुरक्षित मातृत्वको सामग्री हस्तान्तरण गरे। उनकाअनुसार २५० थान न्यानो झोला र २५० थान कम्बल उपलब्ध गराइएको छ।

सुत्केरी हुन नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा आउनका लागि प्रेरित गराउने उदेश्यले उक्त कामको थालनी गरिएको प्रमुख सेजुवालले जानकारी दिए।

अहिलेसम्म नगरपालिकाबाट प्रविधितर्फ  तीन लाख र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाको यातायात खर्चका लागि ३० लाख रुपैयाँ उपलब्ध  गराएको जानकारी दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन