Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘बन्दैछ आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी नयाँ नीति’

‘बन्दैछ आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी नयाँ नीति’

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विस्तार गर्न नयाँ नीति ल्याउने बताएका छन्।

मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवर्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दी गर्न तीन सङ्घ÷समाजका नेतृत्वले बुझाएको ध्यानाकर्षणपत्र सोमबार मन्त्रालयमा बुझ्दै मन्त्री यादवले मेडिकल र आयुर्वेद दुवै चिकित्साको प्रवर्धन तथा विस्तार गरी सबै जनताको पहुँचमा पुर्याइने बताए।

नेपाल आयुर्वेद चिकित्सक सङ्घ, सिभिल आयुर्वेद चिकित्सक सङ्घ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले संयुक्तरूपमा विभिन्न माग राखी उपप्रधानमन्त्री यादवको ध्यानाकर्षण गरेको नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा.प्रकाश ज्ञवालीले जानकारी दिए।

मागमा योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृत्तसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पुर्याउनुपर्ने रहेका छन् ।

सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५, ६ र ७ तहको दरबन्दी कटौती नगरी पुनः कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा ८औँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्नेलगायत उनीहरूको माग छ।

उनीहरूले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा आयुर्वेद विज्ञको दरबन्दी कायम गर्न, सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ११ औँ तहको आयुर्वेद विज्ञको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

हाल ७५३ स्थानीय तहमध्ये २५४ तहमा मात्र आयुर्वेद सेवा रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन