Health TV Online
Health TV Online

क्षणिक आवेग र उत्तेजनामा नआउन डा. केसीलाई नेता भट्टराईको आग्रह

क्षणिक आवेग र उत्तेजनामा नआउन डा. केसीलाई नेता भट्टराईको आग्रह

काठमाडौं : नेकपाका नेता तथा संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य  योगेश भट्टराईले क्षणिक आवेग र उत्तेजनामा कुनै निर्णय  नलिन डा. गोविन्द केसीलाई  आग्रह गरेका छन्।

संसदीय समितिमा छलफलमा रहेको चिकित्साशिक्षा विधेयकलाई लिएर डा. केसीसँग प्रत्यक्ष रूपमा सवाल–जवाफ हुन नपाएको भन्दै भट्टराईले यस्तो आग्रह गरेका हुन् ।

उनले उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने र सिटिइभिटीका विषयमा लचिलो बनेर विधेयकलाई टुंग्याउने विषयमा विचार गर्न समेत डा.केसीलाईसुझाव दिए।

चिकित्साशिक्षा विधेयकका सन्दर्भमा डा.केसीले समितिका सदस्यहरुसँग छलफल गर्न अस्वीकार गरेपछि आफूले उनलाई सार्वजनिक माध्यमबाट ध्यानाकर्षण गराएको नेता भट्टराईले बताए।

यो विषयमा सार्वजनिक माध्यमबाटै भए पनि डा. केसीले टिप्पणी गर्नुलाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार