Health TV Online
Health TV Online

काठमाडाैंकाे तापक्रम शून्यमा

काठमाडाैंकाे तापक्रम शून्यमा

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान पाैने ९ बजेकाे गरेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस छ।

तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान छ। मौसमविद् समीर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कश्मीरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताए। उनले यसबाहेकका सहायक कारणले पनि चिसो बढाइरहेको बताए।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि  माइनसमा झर्ने सम्भावना नरहेको मौसमविद् बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ । सोमबार बिहान पाैने ९बजे गरिएको रेकर्डअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री मापन भएको छ। दिउँसोको समयमा भने यहाँको तापक्रम बढ्ने गरेको छ।

महाशाखाले दिउँसो यहाँको अधिकतम तापक्रम १४.४ पुग्ने प्रक्षेपण गरेको छ।  दिपायलको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस छ। सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.८ छ। देशका धेरैजसो क्षेत्रको न्युनतम ताक्रम ४ र ५ डिग्री सेल्सियसको बीचमा छ।

ओखलढुंगामा ७ र धनकुटामा भने ६.६ डिग्री सेल्सियस छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार