माेरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम
विराटनगर : मोरङका सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। विराटनगर महानगरपालिका लगायत १७ वटै स्थानीय तहमा यही पुस मसान्तसम्म स्वास्थ्य बिमामा नाम दर्ता गर्नेगरी काम अघि बढेको प्रदेश १ काे स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएर चालु आर्थिक वर्षदेखि मोरङ, खोटाङ र भोजपुरमा विस्तार भएको हो। यो समेत प्रदेश १ का सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ।
स्वास्थ्य बिमा कार्यक्रम लागू भएको मोरङमा वडाहरूमा दर्ता सहयोगी नियुक्त गर्नुपर्ने र त्यसलगत्तै नाम दर्ताको काम सुरु हुने सहसंयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए।
यसअघि इलाम, झापा, सुनसरी, सोलुखुम्बु र खोटाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको थियो। प्रदेश १ मा सबैभन्दा पहिले इलाममा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको थियो। ०७३ असार १५ शुरु भएको कार्यक्रम झापा, सुनसरी र सोलुखुम्बुमा ०७४ असोज २५ मा विस्तार भएको थियो भने भोजपुर र खोटाङमा यही पुसमा शुरु भएको हाे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?