Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

माेरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम

माेरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम

विराटनगर : मोरङका सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। विराटनगर महानगरपालिका लगायत १७ वटै स्थानीय तहमा यही पुस मसान्तसम्म स्वास्थ्य बिमामा नाम दर्ता गर्नेगरी काम अघि बढेको प्रदेश १ काे स्वास्थ्य बिमा बोर्डले जनाएको छ।

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएर चालु आर्थिक वर्षदेखि मोरङ, खोटाङ र भोजपुरमा विस्तार भएको हो। यो समेत प्रदेश १ का सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ।

स्वास्थ्य बिमा कार्यक्रम लागू भएको मोरङमा वडाहरूमा दर्ता सहयोगी नियुक्त गर्नुपर्ने र त्यसलगत्तै नाम दर्ताको काम सुरु हुने सहसंयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए।

यसअघि इलाम, झापा, सुनसरी, सोलुखुम्बु र खोटाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको थियो। प्रदेश १ मा  सबैभन्दा पहिले इलाममा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको थियो। ०७३ असार १५ शुरु भएको कार्यक्रम झापा, सुनसरी र सोलुखुम्बुमा ०७४ असोज २५ मा विस्तार भएको थियो भने भोजपुर र खोटाङमा यही पुसमा शुरु भएको हाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि