Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेदमा दरबन्दी माग्दै स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण

आयुर्वेदमा दरबन्दी माग्दै स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : आयुर्वेदका दरबन्दी अवैज्ञानिक रूपमा कटौती गरेको र अत्यावश्यक स्थानमा समेत दरबन्दी नदिएको भन्दै आयुर्वेदका तीन संगठनले नाै बुँदे मागसहित सरकारको ध्यानाकर्षण गरेका छन्।

नेपाल आयुर्वेद चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ र आयुर्वेद स्वास्थ्यकर्मी समाजले तत्काल दरबन्दी कायम राख्न र नयाँ दरबन्दी थप गर्न माग गर्दै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

उनीहरूले संयुक्त रूपमा नौबुँदे माग राखेका छन्। ‘नयाँ संरचनामा जथाभावी रूपमा दरबन्दी काटिएको छ जुन हामीलाई मान्य छैन’, नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले भने।

उनीहरूले सबै स्थानीय तहमा कम्तीमा एक वटा दरबन्दी सृजना गर्नुपर्ने, सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५,६र७ तहको दरबन्दी काटिएकाले पुनः कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा आठाैँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्ने लगायतमाग राखेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि