Health TV Online
Health TV Online
Health TV Online

उदयपुरमा आँखा अस्पताल

उदयपुरमा आँखा अस्पताल

उदयपुर : नेपाल नेत्रज्योति संघको पहलमा उदयपुर सदरमुकाम गाईघाटमा आँखा अस्पताल निर्माण पूरा हुने भएपछि आँखाका बिरामीले यहीँ उपचार पाउने भएका छन्। करिब दुईवर्ष अघि शुरु गरिएको आँखा अस्पताल भवनको निर्माण आगामी वर्ष सम्पन्न हुने भएको नेत्रज्योति संघ उदयपुरका सभापति भागवत राउतले बताए।

आइतबार संघको नवनिर्मित भवनमा पत्रकार सम्मेलनको आयोजना गरी आँखा अस्पतालको भवन निर्माण गर्न जापान सरकारले करिब ९० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको उनले जानकारी दिए। सम्झौतामा जापानी राजदूत मासामिची साइगो र नेपाल नेत्रज्योति संघ उदयपुरका सभापति राउतबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिमा जापानले ८१ हजार एक सय ९१ अमेरिकी डलर जापानले सहयोग गर्ने छ। भवन निर्माण गर्न तत्कालीन सभासद मञ्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट ४० लाख, नेपाल सरकारको शहरी विकास मन्त्रालयबाट ५० लाख गरी ९० लाख रुपैयाँ खर्च भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

थप समाचार