Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले समयमै बजेट पठाउन नसक्दा ‘आमा सुरक्षा’ कार्यक्रम प्रभावित

स्वास्थ्य मन्त्रालयले समयमै बजेट पठाउन नसक्दा ‘आमा सुरक्षा’ कार्यक्रम प्रभावित

काठमाडौं : स्वास्थ्य मन्त्रालयले समयमै बजेट पठाउन नसक्दा ‘आमा सुरक्षा’ कार्यक्रम प्रभावित भएको छ। यो वर्ष झण्डै दुई अर्ब रुपैयाँ विनियोजन गर्नुपर्नेमा  एक अर्ब ७५ करोड रुपैयाँ मात्र पठाएपछि देशभरकै ‘आमा सुरक्षा’ कार्यक्रम प्रभावित भएको हो।

बजेट अभाव भन्दै सयभन्दा बढी  स्वास्थ्य संस्थाले सुत्केरीले पाउने रकम समेत दिन नसक्ने भन्दै निवेदन पठाएका छन् । स्वास्थ्यमा सुत्केरी हुने, आमा, नवजात शिशुको मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम लागू गरिएको हो। स्वास्थ्य संस्थाले बजेट सकिएपछि  पछि दिने भन्दै सुत्केरीलाई घर पठाइरहेको बताएका छन् ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले बजेट अभाव भन्दा पनि समन्वय गर्न नसक्दा समस्या भएको बताए। ‘हामीले बजेट बनाउने वेलामा प्रदेश बनेकै थिएन। पछि अस्पतलाको बजेट प्रदेश र स्थानीयमा गयो’,उनले भने, ‘जुन बजेट अस्पतालले चलाउन सक्दैन। त्यसैले आमा सुरक्षा कार्यक्रम प्रभावित भएको हो।’ उनले  ती स्वास्थ्य संस्थालाई थप ६९ करोडभन्दा बढी रकम आवश्यक भएको बताए।

सो बजेट स्थानीय निकायबाट अर्थ मन्त्रालयलाई तान्न लगाएर चाहिने स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको पनि उनले जानकारी दिए ।

सरकारले यो वर्षदेखि आमा सुरक्षा कार्यक्रमको रकम बढाएर दोब्बर बनाए पनि बजेट पुरानै अनुसार पठाएकाेले पनि समस्या भएको उनले बताए। सुत्केरी हुने महिलालाई सरकारले यातायात खर्चकाे नाममा तराईमा  ५००, पहाडमा एक हजार र हिमालमा एक हजार पाँचसय दिँदै आएकोमा यस वर्षदेखि दोब्बर बनाएको थियो ।

राजधानीको परोपकार प्रसूति गृहले १८ करोड माग गर्दा चार करोड रुपैयाँ मात्र पाएको छ। अस्पतालले माघ १ गतेदेखि सुत्केरीलाई यातायात खर्च दिन नसक्ने भन्दै मन्त्रालयलाई जानकारी समेत दिइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन