सार्वजनिक बिदा भन्दै जिल्ला अस्पताल बन्द
हुम्ला : सार्वजनिक बिदा भन्दै आइतबार जिल्ला अस्पताल बन्द गरिएको छ। गुरुङ समुदायले मनाउने तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएकाले अस्पतालमा पनि विदा गरिएको चिकित्सक सरोज प्रजापतिले जानकारी दिए।
अस्पताल हुम्लाको आकस्मिक कक्षबाहेक सबै सेवा बन्द गरिएको बताइएको छ। अत्यावश्यकीय सेवा प्रदान गर्ने अस्पतालबन्द गरिँदा बिरामीले सास्ती बेहोरेका छन्।
जिल्ला जिल्लामा रहेका अन्य सरकारी कार्यालय भने सञ्चालनमा आएका छन्। गण्डकी प्रदेश सरकारले गुरुङ समुदायलाई सार्वजनिक बिदा दिएको थियो।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी