सार्वजनिक बिदा भन्दै जिल्ला अस्पताल बन्द
हुम्ला : सार्वजनिक बिदा भन्दै आइतबार जिल्ला अस्पताल बन्द गरिएको छ। गुरुङ समुदायले मनाउने तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएकाले अस्पतालमा पनि विदा गरिएको चिकित्सक सरोज प्रजापतिले जानकारी दिए।
अस्पताल हुम्लाको आकस्मिक कक्षबाहेक सबै सेवा बन्द गरिएको बताइएको छ। अत्यावश्यकीय सेवा प्रदान गर्ने अस्पतालबन्द गरिँदा बिरामीले सास्ती बेहोरेका छन्।
जिल्ला जिल्लामा रहेका अन्य सरकारी कार्यालय भने सञ्चालनमा आएका छन्। गण्डकी प्रदेश सरकारले गुरुङ समुदायलाई सार्वजनिक बिदा दिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?