अहिलेकाे स्वास्थ्य नीति नै त्रुटिपूर्ण : स्वास्थ्यमन्त्री यादव
वीरगञ्ज : उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रुटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताएका छन्।
संघीय प्रेस फोरम पर्साद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले नयाँ नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुने बताए।
सरकारले प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने, प्रादेशिक तालिम केन्द्र स्थापना गर्ने नीति लिएको उनले बताए।
सङ्घीय गणतन्त्रसँग मेलखाने गरी तथा सङ्घीयतालाई अगाडि बढाउन करीब ५६ वटा कानुनको संशोधन गरी नयाँ कानुन बनाउनुपर्नेमा उपप्रधानमन्त्री यादवले जोड दिए।
नेपालको भविष्य सङ्घीय प्रणालीमा आधारित भएकाले यो लक्ष्य प्राप्ति गर्नका लागि संविधान संशोधन आवश्यक रहेको उनले बताए। समृद्ध नेपाल बनाउन राष्ट्रिय एकतालाई भावनात्मक रूपमा विकास गर्नुपर्नेमा उनकाे भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण