सुत्केरीलाई एक किलाे घिउ
रूपन्देही : जिल्लाकाे एक सहकारी संस्थाले सेयर सदस्य वा श्रीमती सुत्केरी भए एक किलो घिउ दिने गरेको छ।
जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएको जनाएको छ। तीन वर्षदेखि लागू भएको याे कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ।
अहिलेसम्म ९५ जना सुत्केरीले यो सुविधा लिएका छन्। २०६० सालमा स्थापना भएको यो सहकारीले आफ्ना सदस्यका नवजात शिशुका लागि २०० रुपैयाँको बाल बचत खाता खोल्ने कार्यक्रम पनि शुरू गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?