चालक र सहचालकको आँखा र ब्लडप्रेसर जाँच
सल्यान : जिल्लामा दुर्घटना कम गर्न भन्दै चालक र सहचालकको आँखा र ब्लडप्रेसर जाँच गरिएको छ।
कामको चापले प्रेसर बढ्ने र आँखा कमजोर भएर दुर्घटना हुन सक्ने भन्दै शनिबार चालक र सहचालकका आँखा र प्रेसर जाँच गरिएको ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले जानकारी दिए।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी जिल्लाका यात्रुबाहक सवारीका सम्पूर्ण चालक र सहचालकहरूको आँखा र प्रेसर जाच गरिएको उनको भनाइ छ।
शिविरमा जाँच गरिएका १३० जनामध्ये १४ जनामा प्रेसर बढी भएको पाइएको छ भने १५ जनामा आँखाको समस्या देखिएको शिविरमा खटिएका आँखा उपचार केन्द्र शीतलपाटी सल्यानका डाक्टर पदमराज पन्तले जानकाारी दिए।
१४ जना प्रेसरका बिरामीहरूलाई समयसमयमा जाँच गर्नुपर्ने र १५ जनामा आँखाका समस्या देखिएकाहरूलाई चस्मा लगाएर आँखाको ख्याल गर्नुपर्ने सुझाव दिइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’