खाली पेटमा नखानुस् यी खानेकुरा, विष हुन्छन्
खानेकुराको महत्त्व बुझेर समयमा खाए अमृत। कुसमयमा खाए विष। कुन खानेकुरा कुन समय र अवस्थामा के कति मात्रामा खाने भन्नेमा ध्यान दिन सके मानिसको स्वास्थ्य धेरै राम्रो हुन्छ। त्यसैले यहाँ खाली पेटमा खान नहुने खानेकुराको चर्चा गरिँदैछ–
औषधि
चिकित्सकले खाली पेटमै खाने भनेर सिफारिस गरेकाबाहेक अरु औषधि खाँदा खाली पेटमा खानु हुँदैन। खाली पेटमा औषधि सेवन गर्दा त्यसमा रहेको अनावश्क तत्त्वले शरीरमा अर्को समस्या थप्छ।
दूध हालेकाे चिया वा कफी
धेरैले बिहान उठ्नेबित्तिकै वा ओछ्यानमै चिया तथा कफी पिउने गर्छन्। तर खाली पेटमा दूध हालेको चिया तथा कफी सेवन गर्नु विष सरह हो। कफीमा हाइड्रोक्लोरिक एसिड धेरै हुने भएकाले यसले कब्जियत तथा भमिट हुने समस्या निम्ताउँछ। यसले पाचन प्रणालीमा समेत असर गर्ने गर्छ। त्यसैले सकेसम्म बिहान दूध हालेको चिया तथा कफी नखानुस्।
अमिलो फलफूल
‘ब्रेकफास्ट’मा फलफूल खाने गर्छन्। तर सुन्तला, अंगुर, आँप तथा अमिलोयुक्त फलफूल खालीपेटमा खानु राम्रो हुँदैन। यस्ता फलफूलमा फाइवर, भिटामिन सीलगायत धेरै हुनाले यस्ता खानेकुरा खालीपेटमा खाँदा ग्यास्ट्रिक बढ्ने र पेट पोल्ने तथा दुख्ने समस्या हुन्छ। ग्यास्ट्रिक बिग्रिएमा अल्सर हुने सम्भावना हुन्छ।
केरा
शरीरको तौल बढाउने उद्देश्यले केहीले खालीपेटमा दूध तथा केरा खाने गर्छन्। तर खालीपेटमा केरा खानु स्वास्थ्यको लागि फाइदाजनक हुँदैन। खाली पेटमा केरा खाँदा शरीरमा हुने म्याग्निसियम र केरामा हुने क्याल्सियमको रसायनिक प्रतिक्रिया हुने गर्छ। अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने जोखिम हुन्छ।
टमाटर
स्वास्थ्यका लागि फलदायी हुन्छ। तर यसलाई खाली पेटमा खाँदा स्वास्थ्यमा प्रतिकूल असरगर्छ। टमाटरमा विभिन्न खालका भिटामिनहरू प्रशस्त मात्रामा हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन। खाली पेटमा खाँदा ग्यास्टिक बढाउने तथा पेट दुख्ने समस्या हुन सक्छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?