नर्भिकले कलेजो प्रत्यारोपण सेवा शुरु गर्ने
काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवा शुरु गर्ने भएको छ। कलेजो प्रत्यारोपणका लागि अस्पतालले ‘आर्गन प्लाज्मा कोगुलेसन’ जस्ता प्रविधि तत्कालै भित्र्याउने तयारीमा रहेको बताएको हो।
हाल तीव्र तयारी भइरहेको तथा यही पुस १९, २० र २१ गते कलेजो प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ओपीडी सेवा सञ्चालन गने र नेपाल सरकारबाट स्वीकृति प्राप्त हुनासाथ कलेजो प्रत्यारोपण सेवा सञ्चालन हुने नर्भिक व्यवस्थापनले जनाएको छ।

अनियन्त्रित मद्यपान, धूमपान, केही विशेष प्रकारका हेपाटाइटिस आदिका कारण हाल धेरै नेपाली कलेजो रोगबाट ग्रसित हुँदै गएको अस्पतालले जनाएको छ। कलेजो फेल हुने, शिरोशिश हुने, क्यान्सर हुनेजस्ता समस्या आइरहेको भन्दै अस्पतालले सर्वसुलभ एवम् स्तरीय कलेजो प्रत्यारोपण सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपणजस्तो अत्यन्तै जटिल शल्यक्रियात्मक उपचार सेवा शुरु गर्ने तयारी गरेको नर्भिकले जनाएकाे छ।
यसकाे तयारीस्वरूप नर्भिकले आवश्यक चिकित्सकीय टोली तयार पार्ने, आवश्यक पूर्वाधारणमा सुधार गर्ने, अन्य जनशक्तिलाई तालिम दिने जस्ता काम शुरू गरिसकेको छ। विशिष्ट चिकित्सा सेवा (डीडीसी)अन्तर्गत वरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्वमा शुरू गरिने यी सेवा सञ्चालनमा डीडीसी प्रमुख डा. सन्दीपराज कुँवर लगायत अन्य पेटरोग विशेषज्ञ संलग्न हुने बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण