Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

बाँके : जानकी गाउँपालिकाका तीनवटा वडामा प्रसूति केन्द्र सञ्चालन नहुँदा गर्भवती महिला सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ।

मधेशी र मुस्लिम समुदायको बाहुल्य रहेको यो गाउँपालिकाको आधाभन्दा धेरै गर्भवतीले सहजरूपमा प्रसूति सेवा पाउन नसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङले बताए।

छ वटा वडामध्ये गाउँपालिका–३ इन्द्रपुर, वडा नं ४ खजुराखुर्द र वडा नं ५ बेलहरीस्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन हुन सकेको छैन। गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुङले प्रसूति केन्द्र भवन र स्रोत साधन अभावमा सेवा सञ्चालन गर्न नसकिएको बताए। प्रसूति केन्द्र नहुँदा मातृशिशु सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ।

इन्द्रपुर स्वास्थ्यचौकीमा भवन निर्माण भए पनि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न सकिएको छैन। वडा कार्यालयमार्फत पटक पटक माग पेश गरे पनि सुनुवाइ नभएको स्वास्थ्यचौकी प्रमुख गगनसिंह साउदले जानकारी दिए। खजुराखुर्दमा भवन नै छैन ।

बेलहरी स्वास्थ्यचौकीमा प्रसूति केन्द्रको भवन बनेको चार वर्ष भयो तर सञ्चालनमा आउन सकेको छैन।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?