लहान अस्पताललाई सुविधायुक्त बनाउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
लहान : स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताललाई चाँडै ‘सेकेण्डरी’ तहको बनाउने घोषणा गरेका छन्।
बिहीबार बिहान अस्पताल निरीक्षण गर्दै मन्त्री यादवले अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वासन दिए। अब शय्याका आधारमा नभई तहका आधारमा अस्पतालको वर्गीकरण गरिने जानकारी दिए।
अब अस्पतालहरू ‘प्राइमरी’, ‘सेकेण्डरी’ र ‘ट्रोसियल’ गरी तीन तहमा वर्गीकरण गरी सोही अनुसारको अस्पतालहरूको विस्तार गरिने उनले बताए। कमीकमजोरीलाई तत्काल सुधार गरी जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई मन्त्री यादवले निर्देशन दिए।
अस्पताल निरीक्षणका क्रममा अस्पतालका मेसु डा. सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्तिबारे उपप्रधानमन्त्री यादवलाई जानकारी गराए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य