सुत्केरीलाई गाउँपालिकाले दिने भयाे ताेरीकाे तेल
काभ्रेपलाञ्चोक : खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ।
मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ त्यहीँ सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरिएको वडाअध्यक्ष क्षेत्रबहादुर घ्यावाले जानकारी दिए। ‘शुद्ध तोरीको तेल मालिसले शिशु र आमा स्वस्थ रहुन् भन्ने उद्देश्यले यस्तो निर्णय गरेका हौँ’, उनले भने।
वडाअध्यक्ष घ्यावाले धाँमी झाँक्रीको विश्वास गर्दा अकालमै ज्यान गुमाउनु परेको बताए। बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम सञ्चालन गर्न लागिएको उनकाे भनाइ छ । ‘स्वास्थ्य संस्थाप्रति महिलाको आकर्षण बढाउन कार्यक्रम ल्याएका हौँ’, उनले भने।
पाँचखाल नगरपालिकाले अनैकोट स्वास्थ्य चौकीमा, मण्डन देउपुर नगरपालिकाले ज्याम्दी स्वास्थ्य चौकीमा र पनौती नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ सञ्चालन अनुमति मागेको जिल्ला स्वास्थ्य समन्वय एकाइ प्रमुख नन्दराज अवस्थीले जानकारी दिए। काभ्रपलाञ्चोकमा हाल ३५ स्थानमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण