प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थाले रोल्पाका किशोरीले
रोल्पा : यहाँका किशोरी यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन्। यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने शिक्षक तथा विद्यार्थी अहिले भने धक नमानेरै खुला बहस गर्छन्।
‘पाठ्यक्रममा समावेश यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयवस्तु अध्यापन गराउन निकै धक लाग्थ्यो’, नेपाल राष्ट्रिय माविका स्वास्थ्य शिक्षक महेन्द्रराज रोकाले भने, ‘अधिकांश कक्षामा स्वास्थ्य अध्ययनका लागि त्यस्ता विषय विद्यार्थीलाई नै जिम्मा दिइन्थ्यो। विद्यालयलाई किशोरीमैत्री बनाएसँगै त्यस्ता विषयको पठनपाठन पनि सहज भएको छ।’
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकास कोष (यूएनएफपीए)को सहयोगमा जिल्लाका विभिन्न स्थानमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन भएपछि किशोरीहरू खुल्न थालेका हुन्।
दुबिडाँडा, डुब्रिङ, खुङ्ग्री, खुमेल, रांँकोट,राँसी, कोटगाउँ र लिवाङमा किशोरी शिक्षा सञ्चालन भएको यूएनएफपीएका रोल्पा प्रतिनिधि खगेन्द्र भट्टले जानकारी दिए।
किशोरी शिक्षा सञ्चालन भएपछि यौन तथा प्रजनन स्वास्थ्यका साथै अन्य विषयमा समेत खुलेर बोल्न सक्ने क्षमता विकास भएको किशोरी समूह सहजकर्ता युवती थापाको भनाइ छ । ‘‘किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यको ज्ञान हुनुको साथै अन्य विषयमा समेत खुलेर बोल्न सक्ने क्षमता विकास भएको छ’, उनले भनिन्।
किशोरी शिक्षा कार्यक्रमपछि बालविवाहको दर पनि कम भएको छ थापाले बताइन्। स्वास्थ्य चौकीमा आउने किशोरीले आफ्ना स्वास्थ्य समस्या निर्धक्कसँग राख्न थालेको स्वास्थ्य चौकी खुमेलका अहेब विवेक बुढामगरले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’