सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, एचआईभी सङ्क्रमितलाई आवतजावत खर्च
बाजुरा : बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजान वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले जानकारी दिए। विपन्न परिवारका महिलालाई लक्ष्य गरी वडा कार्यालयले उक्त सेवा दिने निर्णय गरेको उनले बताए।
यस्तै वडामा रहेका एचआईभी सङ्क्रमितलाई औषधि सेवनका लागि जाँदा आउँदा लाग्ने खर्च पनि वडाले नै व्यहोर्ने निर्णय गरेको छ। जिल्ला अस्पताल मार्तडी र अछामको बयलपाटासम्म उनीहरूलाई लैजाने व्यवस्थासहितको सेवा सञ्चालनका लागि निर्णय गरिएको वडाध्यक्ष जोशीले बताए।
वडामा हाल सात एचआइभी सङ्क्रमित छन् । उनीहरू महिनामा एक पटक औषधी सेवनका लागि अनिवार्य बयलपाटा वा जिल्ला अस्पताल मार्तडी जानुपर्छ। अछामको बयलपाटा अस्पतालसम्म जाँदा प्रतिव्यक्ति चार हजार रूपैयाँसम्म खर्च हुन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?