महिनावारीका वेला यस्ताे समस्या हुने कर्मचारीलाई सरकारी विदा
इटालीमा महिनावारी भएका वेला महिलालाई तीन दिन तलबी विदा दिने व्यवस्था गरिने भएकाे छ। इटालीमा यस किसिमकाे कानुन बनाउने तयारी भइरहेकाे हाे। कानुन कार्यान्वयनमा आएपछि महिनावारी भएमा इटाली महिलालाई बिदा दिने युरोपमै पहिलो देश हुनेछ।
महिनावारी भएका बेलामा देखिने समस्यालाई मध्यनर गर्दै महिलालाई तीन दिनसम्म विदा दिने विषयमा संसदमा छलफल भइरहेकाे छ। यस्तो सुविधा सबै महिलाले भने पाउने छैनन्। महिनावारीका वेला ‘डिस्मेनोरिया’ समस्या हुने मात्र यस्ताे सुविधा पाउनेछन्। यसका लागि चिकित्सकद्वारा प्रमाणित कागजपत्र पेश गर्नुपर्नेछ। ती कागज बर्सेनि नवीकरण गर्नुपर्नेछ।
वासिङ्टन पोस्टका अनुसार युरोपमा कामकाजी महिलाको संख्या ७२ प्रतिशत छ। इटालीमा भने ६१ प्रतिशत महिला कामकाजी छन्।
महिनावारीका वेला कतिपय महिलालाई वाकवाकी आउने, ढाड दुख्ने र झाडापखालाजस्ता समस्या देखा पर्छन्। यसलाई डिस्मेनोरिया भनिन्छ। कम तौल भएका, अनियमित र धेरै रक्तश्राव हुने महिलालाई यो समस्याले सताउँछ।
जापान, ताइवान, दक्षिण कोरिया र इण्डाेनेसियामा महिनावारी भएका वेला तलबी बिदा दिइन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य