चिकित्सा शिक्षा विधेयकका दुई विषयमा डा. केसीकाे असहमति, पुनः अनशन थाल्ने
काठमाडौं : चिकित्सा शिक्षा विधेयकका दुई विषयमा असहमति जनाउँदै डा. केसीले पुनः अनशन थाल्ने भएका छन्।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको विधेयकमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) र मेडिकल कलेजको सम्बन्धनका विषयमा आफूले भनेजस्तो नभएको भन्दै केसीले असहमति जनाएका हुन् ।
डा. केसीले आफ्नो माग अनुसार विधेयक नआए पुस १७ गतेदेखि अनशन शुरू गर्ने बताएका छन्। समितिले डा. केसीकै माग अनुसार विधेयक निर्माण भएको दाबी गर्दै आएपनि उनले भने सीटीईभीटी र मेडिकल कलेजका विषय आफ्नो माग अनुसार नभएको जिकिर गरेका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँगको सम्झौता अनुसार सीटीईभीटीसँग सम्बन्धित विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि विधेयकले अन्तिम रूप लिन सकेको छैन ।
यसैबीच स्वास्थ्य समितिका सदस्यहरू कांग्रेसका नेता गगन थापा, नेकपाका योगेश भट्टराई र खगराज अधिकारीसँगको वार्ता डा. केसीले अस्वीकार गरेका छन्। सहमति हुन नसकेका विषयमा समितिका सदस्यहरू थापा, भट्टराई र अधिकारीले डा. केसीसँग छलफल गर्ने तय भएको थियो।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री