कोरियाली रेडक्रसको सहयोगमा स्वास्थ्य चौकी भवन पुनर्निर्माण
काभ्रेपलाञ्चोक : जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनर्निर्माण गरिएको छ। अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनमा २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भवनको पुनर्निर्माण गरिएको हो। बाल्टिङमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन यो साता समुदायलाई हस्तान्तरण गरिनेछ ।
बनखु, फलामेटार, गोठपानी, पोखरीचौँरी र सानो वाङ्थलीमा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन्।
कोरियाली रेडक्रसले भूकम्पबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकमा १२, धादिङमा एक र सिन्धुपाल्चोकमा १४ स्वास्थ्य चौकी भवन निर्माण गर्न सम्झौता गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका स्वास्थ्य कार्यक्रम अधिकृत दीपक पोखरेलले जानकारी दिए।
‘एउटा स्वास्थ्य चौकी भवन पुनर्निर्माण गर्न ६० लाखदेखि रु ६५ लाख रूपैयाँखर्च भएको छ’, उनले भने।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?