स्पार्क अस्पताल विराटनगरमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर शुरू
विराटनगर : स्पार्क अस्पताल विराटनगरले तेस्रो वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ ।
अस्पताल परिसरमा तीन दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरको पहिलो दिन प्यारालाइसिस, हाडजोर्नी, घुँडा खिइने,नसा च्यापिएकालगायत समस्या भएका १५१ जनाले स्वास्थ्य परीक्षण गराएको अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए।
शिविरमा एक हजार बिरामीले सेवा लिने अपेक्षा गरिएको अधिकारीले जनाए। मंगलबारसम्म चल्ने शिविरमा अन्तिम दिन रक्तदान कार्यक्रम राखिएको छ।
भर्ना भएर उपचार गर्नुपर्ने बिरामीका लागि विशेष छुटको व्यवस्था गरेको अस्पतालले जनाएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?