स्पार्क अस्पताल विराटनगरमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर शुरू
विराटनगर : स्पार्क अस्पताल विराटनगरले तेस्रो वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ ।
अस्पताल परिसरमा तीन दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरको पहिलो दिन प्यारालाइसिस, हाडजोर्नी, घुँडा खिइने,नसा च्यापिएकालगायत समस्या भएका १५१ जनाले स्वास्थ्य परीक्षण गराएको अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए।
शिविरमा एक हजार बिरामीले सेवा लिने अपेक्षा गरिएको अधिकारीले जनाए। मंगलबारसम्म चल्ने शिविरमा अन्तिम दिन रक्तदान कार्यक्रम राखिएको छ।
भर्ना भएर उपचार गर्नुपर्ने बिरामीका लागि विशेष छुटको व्यवस्था गरेको अस्पतालले जनाएकाे छ।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री