भिटामिन डीको कमीले के हुन्छ?
अन्य तत्त्वहरूजस्तै मानव शरीरमा भिटामिन पनि उत्तिकै आवश्यक छ। भिटामिन डीको कमीले हड्डी कमजाेर बनाउने वा याेसम्बन्धी राेग लाग्ने हामीले सुन्दै र बुझ्दै आएका छाैँ।
यतिमात्र हाेइन, भिटामिन डी अभाव हुँदा एकमात्र होइन, अनेकथरी समस्या निम्तिन्छ। किनभने यो त्यही भिटामिन हो, जसले हाम्रो शरीरमा क्याल्सियम अवशोषित गर्न मद्दत गर्छ। जब शरीरमा भिटामिन डी अभाव हुन्छ, शरीरमा विभिन्न प्रकारका रोगले जरा गाड्न सक्छ।
दमको खतरा
जाडो याममा त्यसैपनि स्वासप्रश्वासको रोगलाई निकै सास्ती हुन्छ। त्यसमाथि भिटामिन डीको कमीले थप समस्या निम्त्याउँछ। भिटामिन डिको कमी र फोक्सोको कार्यक्षमताबीच सोझो सम्बन्ध हुन्छ।
बच्चामा यस्तो सम्बन्ध विशेष रुपले देख्न सकिन्छ। भिटामिन डीले सुन्निनका लागि कारक मानिने प्रोटिनलाई फोक्सोको सम्पर्कमा आउन दिँदैन।
मुटुरोग
जाडो याममा भिटामिन डीको कमीले मुटुरोगको सम्भावना बढाउँछ। भिटामिन डीको कमी भएकाहरुलाई मुटुको रोग लाग्ने खतरा अधिक हुन्छ। यसका साथै उनीहरूलाई उच्च रक्तचापको समस्या हुनसक्छ।
बच्चामा एनिमिया
यदि रगतमा भिटामिन डीको स्टर ३० नेनो ग्राम प्रति मिलि लिटरभन्दा कम भएमा यस्तो बच्चालाई एनिमिया हुने आशंका रहन्छ । त्यसैले बच्चालाई भिटामिन डी प्राप्त हुने खानेकुरा दिने र घामको सम्पर्कमा राख्ने गर्नुपर्छ।
अन्य रोग
शरीरमा पर्याप्त भिटामिन डी भएन भने र्यूमेटाइड अर्थराइटिस, ल्यूपस, इंफलेमेट्री बावल डिजिज, टाइप–१ मधुमेह आदिको खतरा हुने बताइन्छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण