शिक्षा स्वास्थ्य उपसमितिले समितिलाई प्रतिवेदन बुझाउँदै, पू्रा हाेला डा. केसीकाे माग?
काठमाडौं : चिकित्सा शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित संसदको शिक्षा स्वास्थ्य उपसमितिले सोमबार समितिलाई प्रतिवेदन बुझाउँदैछ।
डा.गोविन्द केसीसँग सरकारले गरेको सहमति र चिकित्सा शिक्षा विधेयकबारे सांसदहरूले गरेको संशोधन प्रस्तावलाई मुख्य आधार मानेर यो प्रतिवेदन तयार पारेको बताइएको छ।
उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार विधेयक तयार भए डा.गोविन्द केसीका माग पूरा हुने बताइएकाे छ। संसद् सुरु हुनुअगावै चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरिसक्ने समितिको तयारी छ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सोमबार समितिको बैठक बस्दैछ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?