राम्रो सेवासुविधा नदिने काम मात्र उत्कृष्ट खोज्ने भन्दै सरकारी चिकित्सक संघकाे विरोध
काठमाडौं : सरकारले राम्रो सेवासुविधा नदिएको भन्दै सरकारी चिकित्सक संघले विरोध जनाएको छ। वीर अस्पताल प्रांगणमा सोमबार आयोजित कार्यक्रममा सरकारी चिकित्सकहरूले सरकारले सेवासुविधा राम्रो नदिएकाे तर काम मात्रै उत्कृष्ट खोज्ने गरेको भन्दै आपत्ति जनाएका हुन्।
संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले स्वास्थ्य सेवाबाट बनेका सबै सचिव कमजोर हुन्छन् भन्ने मानसिकता त्याग्न सरकारसँग आग्रह गरे। यसैगरी उनले कर्मचारी समायोजन ऐन पनि चिकित्सकका लागि विभेदकारी रहेको बताए। त्यसलाई संशोधन गर्नुपर्ने उनकाे माग छ। उनीहरुले समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति नियुक्ति तथा चिकित्सकका सेवा सुविधा लगायतका मागहरु राखेका छन्।
उनीहरूले प्रतिष्ठानमा बाहिरको व्यक्तिलाई उपकुलपति नियुक्त गर्ने सरकारको योजनाकाे पनि विराेध गरे। आफूहरू अहिले शान्तिपूर्ण रूपमा सांकेतिक विरोधमा उत्रिएको भन्दै उनीहरूले माग सुनुवाइ नभए सेवा ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिए। विराेध कार्यक्रममा सरकारी अस्पतालमा कायर्रत चिकित्सकहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री