स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्झौता
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रभावकारी रूपमा विकास र विस्तार गर्न आइतबार सम्झौता भएको छ ।
प्रदेशका जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गुणस्तरीय विशेषज्ञ सेवा विस्तार गर्ने, आवश्यक जिल्लामा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, अस्पताल प्रतिष्ठानद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमको शैक्षिक अभ्यास सञ्चालन गर्ने र स्वास्थ्य अनुसन्धानमूलक कार्यक्रम प्रदेशमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थासँग सहकार्य गर्ने सम्झौता भएको हो।
सो अवसरमा सामाजिक विकासमन्त्री दल रावलले अब कर्णालीमा स्वास्थ्य र शिक्षामा आइपर्ने कठिनाइलाई सहज गर्नको लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?