‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पाँच हजार पुरस्कार
दार्चुला : ब्यास गाउँपालिका–५ ले ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिने भएको छ। गाउँपालिकामा पहिलो पटक स्थापना भएको नयाँ धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई पहिलो पटक पाँच हजार, दोस्रोपटक तीन हजार र तेस्रो पटक आउनेलाई दुई हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको हो।
गाउँपालिकाको १० लाख सहयोगमा सेन्टर निर्माण भएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए। बर्थिङ सेन्टरमा आएर बच्चा जन्माउन प्रोत्साहन गराउन गाउँपालिकाले यो रकम दिने निर्णय गरेको स्वास्थ्यचौकीका प्रमुख ओमप्रकाश पन्तले बताए।
सेन्टरमा प्रसूतिका लागि गर्भवतीलाई ल्याउने स्वास्थ्य स्वयंसेविकालाई समेत गाउँपालिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए। पहिलो पटक प्रसूतिका लागि गर्रभवतीलाई ल्याउने स्वयंसेविकालाई एक हजार, दोस्रो पटकका लागि सात सय र तेस्रो पटकका लागि पाँच सय रूपैयाँ प्रोत्साहन भत्ता दिइनेछ।
यस्तै पहिलो पटक प्रसूतिका लागि बर्थिङ सेन्टरमा ल्याउने आमा समूहलाई पनि महिला स्वास्थ्य स्वयंसेविकाकै सरह गाउँपालिकाले भत्ता उपलब्ध गराउने छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य