जीवनशैली परिवर्तनसँगै मधुमेहका रोगी बढ्दै
काठमाडौं : जीवनशैलीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै चिकित्सकहरूले चिन्ता जनाएका छन् ।
शहरी क्षेत्रमा मदिरापान, धूमपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ। मोटोपनका कारण मुटुरोग तथा मधुमेहको जोखिम उच्च रहेको चिकित्सकहरूको भनाइ छ।
डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एसोसिएसन अफ नेपाल र सिनर्जी कर्पोरेशनको आयोजनामा भएको ‘मधुमेह रोग’सम्बन्धी छलफलमा चिकित्सकले मधुमेह रोग नियन्त्रणका लागि सरकारले विशेष कार्ययोजना ल्याउन मागसमेत गरे।
मधुमेह रोगविज्ञ डा. ज्योति भट्टराईले शहरी बासिन्दामा मधुमेह रोग बढ्दो क्रममा रहेको र नियन्त्रणका लागि नियमित औषधि प्रयोग गर्नेको सङ्ख्यासमेत वृद्धि भइरहेकाे बताइन्। मधुमेहबारे जनचेतना कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।
एसोसिएसनका अध्यक्ष डा. दीना श्रेष्ठले चिकित्सकको उचित सल्लाहमामात्र अैषधि प्रयोग गर्न सुझाव दिइन्। रोग नै नलाग्न दिन मानिसले उचित आहारविहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्ने उनले बताइन्। अधिक चिल्लोपना भएका खाना नखाने र नियमित व्यायाम गरेर नियमित चिकित्सकसँग परामर्श लिए रोग नै नलाग्ने उनको भनाइ छ।
मधुमेह रोग विज्ञ डा. अमित शाक्यले चिल्लोपना भएका खाना कम खाने, नियमिति अभ्यास गर्ने, धूमपान तथा मदिरापान सेवन नगरे मधुमेह रोगको जोखिम कम हुने बताए। कार्यत्र मा मधुमेहको उपचारका लागि उपलब्ध रहेको अत्याधुनिक औषधिमध्ये ‘एम्पाग्लिफ्लोजिन’को प्रयोग र यसको प्रभावबारे छलफल गरिएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’