स्वास्थ्य मन्त्रालयमा दुई सचिव राख्ने तयारी
काठमाडौं : पद व्यस्थापन गर्न भन्दै स्वास्थ्य मन्त्रालयले दुई सचिव राख्ने तयारी गरेको छ। मन्त्रालयले स्वास्थ्य र जनसंख्या शाखा बनाई दुई सचिव राख्ने तयारी गरेको हो।
स्वास्थ्य मन्त्रालयमा हाल केदारबहादुर अधिकारी र पुष्पा चौधरी सचिव छन्।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग विमति भएपछि गत असोज २८ मा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेर अधिकारीलाई सचिव बनाइएको थियो। सरकारको निर्णयविरुद्ध चौधरी लगत्तै सर्वोच्च अदालत गएकी थिइन्।
गत साेमबार अदालतले ‘यथास्थितिमा रहनु भन्ने’ आदेश दिएसँगै चौधरी सचिवकै हैसियतले काम गरिहेकी छिन्। यता प्रशासन समूहबाट ल्याएर स्वास्थ्यसचिव बनाइएको भन्दै अधिकारीको विरोध भइरहेको छ।
मन्त्रालयमा लामो समय देखि चल्दै आएको अस्थितरताका कारण पद व्यवस्थापन गर्ने तयारी गरिएको स्रोतले जानकारी दियो। ‘चौधरीको व्यवस्थापनकै लागि दुई शाखा बनाउन लागिएको हो’, स्रोतले भन्यो, ‘सम्भवतः यो प्रस्ताव भोलि बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ।’
याे विषयमा मन्त्रालयमा अहिले मन्त्री र सचिवहरूबीच छलफल जारी रहेको बताइएको छ। चौधरीले जनसंख्या शाखामा नजाने अडान राखेकी छिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण