२० वर्षमा २१ प्रतिशतले घट्यो पुड्कोपन
काठमाडौं : २० वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ।
सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको ‘नेपालमा पुड्कोपना न्यूनीकरण अध्ययन’ प्रतिवेदनमा तथ्याङ्क उल्लेख छ।
पछिल्लो समय बालबालिकाको पोषण, मातृशिशु स्वास्थ्य, आमाको खानपान, खानेपानी तथा सरसफाइमा सुधार, आमा सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणीय भूमिकाले नेपालले पुड्कोपना न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताइएको छ। प्रतिष्ठानका अध्यक्ष डा.महेश मास्केले विशेषगरी बालबालिकाको पोषण तथा बालस्वास्थ्यका क्षेत्रमा नेपाललले उल्लेखनीय सुधार गरेकाले पुड्कोपन घटेको बताए।
बालरोग विशेषज्ञ प्रा. डा. रमेशकान्त अधिकारीका अनुसार सन् १९७५ मा पाँच वर्षमुनिका ७० प्रतिशत बालबालिका पुड्का थिए। चिकित्सकका अनुसार गर्भधारणदेखि दुई वर्षमुनिका बालबालिकामा पुड्कोपन शुरुवात हुन्छ ।
जनस्वास्थ्यविज्ञ डा बद्रीराज पाण्डेले ग्रामीण क्षेत्रका बालबालिकामा पुड्कोपन नियन्त्रण अझै चुनौती रहेको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?