अस्पताल लग्दै गर्दा बन्दीको मृत्यु
सप्तरी : राजविराज कारागारका बन्दी ३९ वर्षीय भारतीय नागरिक शतीश अग्रवालको मृत्यु भएको छ ।
नागरिकता किर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार अस्पतालमा ल्याउँदा अग्रवालको मृत्यु भइसकेको थियो।
मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामी अग्रवाललाई अकस्मात् पेट दुखेपछि शुक्रबार साँझ तत्कालै राजविराजस्थित अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले जानकारी दिए।
सात महिनाको अवधिमा उनलाई तीन पटक न्युरो अस्पतालमा उपचार गराएर ल्याएको जेलर यादवले बताए





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?