Health TV Online
Health TV Online
Health TV Online

मन्त्रालय पुगी काम थालिन् सचिव डा.चौधरीले

मन्त्रालय पुगी काम थालिन् सचिव डा.चौधरीले

काठमाडौं : सर्वोच्च अदालतबाट आफ्नो पक्षमा आदेश आएपछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरी शुक्रवार कार्यकक्ष पुगी काम गरेकी छिन्।

शुक्रबार स्वास्थ्य मन्त्रालय पुग्दा सचिवको कार्यकक्षमा डा.चौधरी त थिइन् तर ‘नेम प्लेट’ भने दुई साताअघि स्वास्थ्य सचिव बनाइएका केदारबहादुर अधिकारीको थियो।

‘अरु कसैको नाम हटाउने अधिकार त मलाई छैन’, यो विषयमा प्रतिक्रिया लिन खोज्दा चौधरीले भनिन्, ‘उहाँ पनि नेपाल सरकारकै सचिव हो मैले त्यसो गर्न मिल्दैन। बरु कर्मचारीलाई आफ्नो पनि नाम थप्न भनेकी थिएँ तर कर्मचारी अलमलिए।’ यो विषयमा सचिव अधिकारीसँग पनि कुरा भइसकेको उनले बताए।

उनले यो विषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग पनि कुरा भइसकेको बताइन्। ‘मन्त्रीज्यूसँग पनि मैले कुरा गरिसकेकी छु। अदालतको आदेशअनुसार नै यहाँ आएर काम गर्न खोजेकी हुँ। कानुन पालना गर्नु मेरो कर्तव्य हो’, उनले भनिन्। सम्भवतः आइतवार सम्म यो सबै टुंगिने उनले विश्वास व्यक्त गरिन्।

गत असोज २८ मा प्रधानमन्त्री कार्यालय सरुवा भएपछि सचिव डा.चौधरी सो निर्णयविरुद्ध  अदालत गएकी थिइन्। निर्णय तुरून्त कार्यान्वयन नगर्न अदालतलेअन्तरिम आदेश दिएको थियो ।

त्यसविरुद्ध सरकारले मंसिर ५ मा ‘भ्याकेट’ हालेको थियो । सरकारलेअन्तरिम आदेश खारेज गर्न हालेको सो भ्याकेटको विपक्ष र सचिव चौधरीको पक्षमा गत साता सर्वोच्च अदालतले आदेश दिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार