‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनलाई सबैको पहुँचयोग्य बनाऔँ’
काठमाडौं : सरोकारवालाहरूले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनलाई सबैको पहुँचयोग्य बनाउनुपर्ने बताएका छन्।
शुक्रवार राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा उनीहरूले ऐन ल्याएर मात्र नहुने भन्दै कार्यान्वयन पक्षमा पनि जोड दिन सुझाव दिएका हुन्।
‘महिलाको प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी राष्ट्रिय सुनुवाइ’ विषयक कार्यक्रममा सहभागीहरूले ऐन आउनु सकारात्मक भए पनि यसबारे धेरैलाई जानकारी नै नभएको गुनासो गरे।
कार्यक्रममा एफडब्लूएलडीका कार्यकारी निर्देशक सबिन श्रेष्ठले सरकारले ऐन ल्यान हतार गरेको तर नियमावली बनाउन नसक्दा कार्यान्वयनमा समस्या भएको बताए ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले ऐनले महिलाको प्रजनन हकलाई सुनिश्चत गरेको भन्दै चाँडै नै नियमावली बन्ने बताए। नियमावली बनाउन छलफल समिति समेत बनिसकेको उनले दाबी गरे। ‘चाँडै नियमावली बनाई ऐन पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँछौँ’, उनले भने।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य