Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यचौकी नै अस्वस्थ, कहाँ गराउने उपचार?

स्वास्थ्यचौकी नै अस्वस्थ, कहाँ गराउने उपचार?

राँझा बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफैँ अस्वस्थ देखिएको छ।

स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् बिरामी जाँच गर्ने कोठासमेत छैन। जाँच गर्न आउने बिरामीले बाहिरै पालो पर्खिनुपर्ने अवस्था छ।

यहाँ उपचारका लागि आउने बिरामीलाई औषधिसँगै पिउने पानीको व्यवस्थासमेत छैन। स्वास्थ्यचौकीमा न्यूनतम आधारभूत सेवासमेत उपलब्ध नभएको स्वास्थ्यचौकीका प्रमुख अहेव टामलाल बेल्बासेले बताए। वडा कार्यालयमा पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको उनले बताए।

विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट विगतमा बाहिरङ्ग सेवा सञ्चालनका लागि रकम आउने भए पनि स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि आयस्रोत पनि ठप्प भएको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गीरबहादुर गुरुङले मसलन्द खर्चका लागि गाउँपालिकामा रकम माग गरिएको र उपलब्ध भए स्वास्थ्यचौकी सञ्चालनमा सहजता आउने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार