बीसीजी खोप लगाउँदा एकमहिने शिशुको मृत्यु
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु भएको छ ।
खोपका कारण स्थानीय शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।
शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाइदिएकी थिइन्।
खोप लगाएको केही समयपछि बेहोश भएका शिशुलाई जिल्ला अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको फयाँलले जानकारी दिए।
शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गरेका थिए। यो क्रममा स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास पनि भएको गरेका थिए।
खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण