महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन
काठमाडौं : तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ।
सूचना छिटो छरितो पुर्याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडामा एक महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले जानकारी दिए।
नगरभरका१३७ महिला स्वयंसेविकालाई वार्षिक एक हजार रुपैयाँको रिचार्ज कार्ड र प्रत्येक वडाको एक महिला स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिचार्ज कार्ड दिइने छ।
वडाका एक स्वयंसेविकाको संयोजकमा अन्य महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यक्रमको बारेका सोही फोनबाट जानकारी दिनुपर्ने छ। नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरूलाई थप सुविधा होस् भनेर यो कार्यक्रम ल्याएको जनाइएको छ।
यो कार्यक्रमले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने जस्ता काममा सहयोग पुग्ने वडा नम्बर ९ का स्वास्थ्य स्वयंसेविका लक्ष्मी अधिकारीले बताइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?