स्पार्क अस्पताल विराटनगरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
काठमाडौं : स्पार्क अस्पताल विराटनगरले वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। यही पुस ८ देखि १० गतेसम्म सञ्चालन हुने तीनदिने शिविरमा हाडजोर्नी तथा नशारोगसम्बन्धी बिरामीले सेवा लिन सक्ने अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए।
‘हामीले विशेषगरी हाडजोर्नी र नशासम्बन्धी बिरामीलाई मध्यनजर गरेर यो शिविर राखेका हौँ’, उनले भने, ‘नशा च्यापिएका, हड्डी खिइएका, प्यारालाइसिसको समस्या भएका, बाथ, युरिक एसिड लगायतका समस्या भएका बिरामीले यस शिविरबाट लाभ लिन सक्नेछन्।’ यसबाहेक अस्पतालमा रक्तदान कार्यक्रम पनि राखिएको उनले जानकारी दिए।
शिविर बिहान ८ बजेदेखि ३ बजेसम्म चल्नेछ। प्राकृतिक चिकित्सामा ख्याति कमाएको स्पार्क अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर राख्दै आएको छ।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री