स्पार्क अस्पताल विराटनगरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
काठमाडौं : स्पार्क अस्पताल विराटनगरले वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। यही पुस ८ देखि १० गतेसम्म सञ्चालन हुने तीनदिने शिविरमा हाडजोर्नी तथा नशारोगसम्बन्धी बिरामीले सेवा लिन सक्ने अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए।
‘हामीले विशेषगरी हाडजोर्नी र नशासम्बन्धी बिरामीलाई मध्यनजर गरेर यो शिविर राखेका हौँ’, उनले भने, ‘नशा च्यापिएका, हड्डी खिइएका, प्यारालाइसिसको समस्या भएका, बाथ, युरिक एसिड लगायतका समस्या भएका बिरामीले यस शिविरबाट लाभ लिन सक्नेछन्।’ यसबाहेक अस्पतालमा रक्तदान कार्यक्रम पनि राखिएको उनले जानकारी दिए।
शिविर बिहान ८ बजेदेखि ३ बजेसम्म चल्नेछ। प्राकृतिक चिकित्सामा ख्याति कमाएको स्पार्क अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर राख्दै आएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?