जुम्ल्याहा शिशुको उपचारका लागि सहयोग
म्याग्दी : धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका जुम्ल्याहा शिशुको उपचारका लागि बेलायतबाट एक लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भएको छ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजुका शिशुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहेका दुर्गाबहादुर पुनको पहलमा एक लाख तीन हजार २३४ रुपैयाँ सहयोग प्राप्त भएको हो।
पुनले बेलायतबाट पठाएको रकम गण्डकी प्रदेशका सांसद विनोद केसी र पुनका छोरा खुम पुनले बुधबार अस्पतालमै पुगेर हस्तान्तरण गरे। यसअघि हिलापोखरीस्थित टोल सुधार समितिको पहलमा स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट एक लाख १५ हजार रुपैयाँ सहयोग जुटेको थियो ।
परियारले शल्यक्रियामार्फत मङ्सिर ११ गते बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन्। एक छोराको मृत्यु भइसकेको छ भने अन्य दुईको स्वास्थ्यमा सुधार आइरहेको छ। छोराको ९०० र छोरीको तौल ८०० ग्राम छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य