४५३ जनाको आँखा परीक्षण, ८६ ले गराए मोतिबिन्दु शल्यक्रिया
रुकुम : रुकुम पश्चिमको सल्लेमा आयोजित आँखा शिविरमा साढे चार सय जनाले सेवा लिएका छन्। नेपाल नेत्रज्योति संघ रुकुम, आँखा उपचार केन्द्र रुकुम शाखा र मुसिकोट नगरपालिकाको संयुक्त व्यवस्थापन तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो।
दुई दिने शिविरमा ४५३ जनाको आँखा परीक्षण भएको छ। ८६ जनाको मोतिबिन्दुको शल्यक्रिया भएको आँखा उपचार केन्द्र सल्ले रुकुमका प्रमुख मञ्जु बोहराले जानकारी दिइन्।
शिविरमा राप्ती आँखा अस्पताल रक्षचौर तुलसीपुर दाङका डा. सुरेश रसाइलीको नेतृत्वमा १२ जनाको प्राविधिक टोली रहेको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?