स्वास्थ्य शिविरमा पाए साढे ५०० जनाले उपचार
बेझाड : पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ। सोमबार २६० जनाले तथा मंगलबार २९६ जनाले शिविरमा उपचार पाएका हुन्।
रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो। रामपुर नगरपालिकाको समन्वय र वडा नं. ६ को व्यवस्थापनमा चण्डेश्वरी आयुर्वेदिक प्रालि, काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा आयुर्वेद विभागका पूर्वमहानिर्देशक शेषराज आचार्यसहितको टोलीले आयुर्वेदिक पद्धतिको अध्याधुनिक उपकरणबाट स्वास्थ्य परीक्षण गरेको थियो।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी