Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसचिव चौधरीको पक्षमा सर्वोच्च अदालतको आदेश

स्वास्थ्यसचिव चौधरीको पक्षमा सर्वोच्च अदालतको आदेश

काठमाडौं : सर्वोच्च अदालतले स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको पक्षमा आदेश गरेको छ।  सर्वोच्चले चौधरीलाई गैरकानुनी रूपमा सरुवा गरेको भन्दै पुरानै जिम्मेवारीमा फर्काउन सरकारका नाममा आदेश गरेको हो।

चौधरीले हालेको निवेदनमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै  इजलासले सोमबार यस्तो आदेश गरेको हो। न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र मीरा खड्काको इजलासले सरकारले हालेको ‘भ्याकेट’को निवेदनबाट अन्तरिम आदेश खारेज नहुने निर्णय सुनाएको हो।

सरकारले चौधरीलाई गत असोज २८ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध चौधरी लगत्तै सर्वोच्च गएकी थिइन्।

चौधरीको निवेदनमा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले कात्तिक १६ गते अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको उक्त निर्णयले कर्मचारी सरुवा गर्न पाउने सरकारको निर्णयमा हस्तक्षेप भएको भन्दै सरकारले मंसिर ५ गते भ्याकेटको निवेदन दर्ता गरेको थियो।

यता सरकारले प्रशासन समूहका केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिवमा नियुक्त गरिसकेको छ। यो विषयमा प्रतिक्रिया लिँदा सचिव चौधरीले सर्वोच्च अदालतले आफूलाई न्याय दिएको भन्दै अब सरसल्लाह गरेर अघि बढ्ने बताइन्। ‘रुल अफ ल’ भएको देशमा सबैले कानुनको पालना गर्नुपर्छ भन्ने लाग्छ र मैले पनि त्यही गरेकी हुँ’,उनले भनिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार