बैतडीका सात स्थानीय तह एम्बुलेन्सविहीन
बैतडी : जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन छन्। जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन। सडक सुविधा नहुँदा यहाँका स्थानीय तहले एम्बुलेन्स खरीद नगरेको जनाएका छन्।
मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका एम्बुलेन्सविहीन छन्। मेलौली नगरपालिकाले एम्बुलेन्स खरिद गरिसकेको र केही दिनमै नगरपालिकामा पुग्ने नगरप्रमुख कृष्णसिंह नायकले बताए।
सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरीद गर्न बोलपत्र आह्वान गरिसकेको छ। निकट भविष्यमै एम्बुलेन्स आउने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए। दोगडाकेदार गाउँपालिकाले चालू आर्थिक वर्षमा एम्बुलेन्स किन्ने निर्णय गरेको भए पनि आफैँले नकिन्ने र प्रदेश सरकारसँग अनुरोध गरेको गाँउपालिका अध्यक्ष चक्र कार्कीले बताए।
यस्तै शिवनाथ गाउँपालिकाले पनि प्रदेश सरकारलाई अनुरोध गरेको छ। पञ्चेश्वर गाउँपालिकाले एम्बुलेन्स किन्ने तयारी गरेको प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिए। सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको केन्द्र र अन्य केही वडामा सडक सुविधा नपुगेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स खरिद गरिने जनाएका छन्। सिगास गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए।
एम्बुलेन्स सुविधा नहुँदा यहाँका नागरिकले बिरामीलाई अझै पनि बोकेर स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता छ। विशेषज्ञ चिकित्सकको सेवा लिन तथा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम तथा ‘रेफर’ गर्नुपरेमा एम्बुलेन्सको अभावले मारमा परेका छन्। दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा भने एम्बुलेन्स सेवा सञ्चालनमा छ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य