आँखा शिविरमा ७८१ जनाले लिए सेवा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरमा ७८१ जनाले सेवा लिएका छन्।
धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले जानकारी दिए। मोतियाबिन्दु भएका सबैको निःशुल्क शल्यक्रिया गरिने उनले बताए।
शिविरबाट आँखा कम देख्ने ३३० जनालाई निःशुल्क रूपमा चस्मासमेत उपलब्ध गराइएको थियो। शिविर सञ्चालन भएका क्षेत्रका दलित, जनजाति र विपन्न अवस्थाका आँखामा मोतियाबिन्दु भएका बिरामी अस्पतालमा आए शिविरमा फेला परेका मोतियाबिन्दुका बिरामीसँगै निःशुल्क शल्यक्रिया गरिने प्रबन्धक चन्दले जानकारी दिए।
आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका र जलबिन्दु भएका बिरामीसमेत शिविरमा फेला परेको उनले बताए। शिविरमा आँखा जँचाउन लागि पुगेका मधुमेह र उच्च रक्तचाप भएका अधिकांशमा आँखाको जटिल समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?