महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजार भत्ता
बैतडी : महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक एकमुष्ट छ हजार प्रोत्साहन भत्ता दिने भएको छ।
पाँच हजार भत्ता उपलब्ध गराइँदै आएकामा एक हजार थप गरेर यो वर्ष छ हजार रुपैयाँ पुर्याएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए।
महिला स्वास्थ्य स्वयंमसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन्।
गाउँपालिकाका आठवटै वडामा ८६ महिला स्वास्थ्य स्वयंसेविका छन्। जिल्लाका १० वटै स्थानीय तहमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ।
जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेकाले उनीहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता बढाएको कार्कीले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?