सुत्केरी महिलालाई तीन हजार भत्ता
कावासोती : नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ। नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई तीन हजार भत्ता प्रदान गर्ने भएको छ।
‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई तीन हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरेको नगरपालिका प्रमुख छत्रराज पौडेलले जानकारी दिए।
‘हामीले नगरको नीति तथा कार्यक्रममा यसलाई समेटेका थियौँ’, नगर प्रमुख पौडेलले भने, ‘यसलाई कार्यान्वयनको प्रक्रियामा लाने निर्णय गरेका छौँ।’ नगरपालिका प्रमुख पौडेलका अनुसार सुत्केरी भत्ता लिनका लागि पितौजिघाट स्वास्थ्य चौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी भएको हुनुपर्नेछ।
सुत्केरी भत्तालाई भत्ताका रूपमा मात्रभन्दा पनि सबैले सुरक्षितरुपमा स्वास्थ्य स्वास्थ्य संस्थामा बच्चा जन्माउन भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पौडेलले बताए। स्वास्थ्य संस्थामा चारपटक गर्भजाँच र सुत्केरीपश्चात् तीनपटक स्वास्थ्य परीक्षण गर्नेले मात्र यो सुविधा प्राप्त गर्ने नगरपालिकाले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण