शौचालय नबनाउने अभिभावकलाई पक्राउ गर्न प्रहरीमा सात वर्षीया छोरीको उजुरी
भारतको दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा शौचालय बनाउने वाचा पूरा नगरेपछि सात वर्षीया एक छोरीले बुबाविरुद्ध प्रहरीमा उजुरी गरेकी छिन्।
वाचा पूरा नगरेको भन्दै सात वर्षीया हानिफा जाराले प्रहरीलाई पत्रमार्फत आफ्नो बुबालाई पक्राउ गर्न आग्रह गरेकी हुन्।
जाराले खुल्ला ठाँउमा शौच गर्नुपर्दा आफूलाई लाज लागेको पनि बताएकी छिन्।

हनिफाकाे पत्र
जारा नर्सरी कक्षामा हुँदा आफ्नो बुबालाई शौचालय बनाइदिन आग्रह गरेकी थिइन्। ‘बाहिर शौच गर्नेबेला अरुले हेर्दा निकै लाज हुन्थ्यो’, उनले भनिन्, ‘शिक्षा पाएर म प्रेरित भएको हुँ’।
‘नर्सरीदेखि नै म कक्षामा उत्कृष्ट हुँदै आएकी छु र अहिले म दुई कक्षामा पढ्छु’, उनकाे पत्रमा उल्लेख छ, ‘मेरो बुबाले अहिले पनि शौचालय बनाइदिन्छु भनिरहनुभएको छ, तर बनाउनुभएन। यो एक किसिमको धोका हो त्यसैले उहाँलाई पक्राउ गरियोस्।’
जाराको बुबा एहसानुल्लाहले भने शौचालय बनाउन सुरु गरे पनि रकम अभावमा पूरा गर्न नसकेको बताए।
युनिसेफकका अनुसार करिब ५० करोड भारतीय खुला ठाँउमा शौच गर्छन्। कतिपयले घरमा शौचालय भए पनि प्रयोग गर्दैनन्।
bbc.com/nepali





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?