डडेल्धुरामा सेनाको स्वास्थ्य शिविर
डडेल्धुरा : सेनाकाे गरुड दलगणले दुर्गम भागेश्वर गाउँपालिका–३ मा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
नेपाली सेनाले विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य शिविरआयोजना गरेको जनाइएको छ। शिविरमा उपचारदेखि औषधिसमेत निःशुल्क दिइएको गरुडदल गणले जनाएको छ।
बालरोगदेखि अन्य सम्पूर्ण रोगका बिरामीले उपचार गराएका छन्। शिविरमा करिब ४०० बिरामीले स्वास्थ्य उपचार गराएको गरुडदल गणका प्रमुख सेनानी ज्योतिकुमार थापाले बताए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री