सिरहाकाे दुर्गम बस्तीमा डा. केसीकाे स्वास्थ्य शिविर
सिरहा : त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डाक्टर गोविन्द केसीले सिरहाको दुर्गम दलित बस्तीमा पुगेर स्वास्थ्य शिविर चलाएका छन्।
डा. केसीले निजी खर्चमा सोमबारदेखि बुधबारसम्म सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाइनको दलित बस्तीमा स्वास्थ्य शिविर चलाएका हुन्।
लाहानबाट १५ किलोमिटर दक्षिणमा पर्ने सोठियाइनस्थित दलित बस्तीमा चलाइएकाे स्वास्थ्य शिविरमा ३२५ जनाले स्वास्थ्य जाँच गराएका छन्।
केसीले सोमबारदेखि बुधबारसम्म स्थानीय बासिन्दाकाे स्वास्थ्य जाँच गरी श्वासप्रश्वास, हाडजोर्नी, नसालगायतकाेऔषधि समेत वितरण गरेको सोठियाइन हेल्थपोष्टकी इञ्चार्ज कल्पनाकुमारी यादवले जानकारी दिइन्।
उनले स्वास्थ्य सेवासँगै न्यायो कम्बल पनि वितरण गरेको केसीका सहयोगी डा. राज झाले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?