एम्बुलेन्स दु्र्घटनामा एकजनाकाे मृत्यु, एक घाइते
दैलेख : गुराँस गाउँपालिका–४ लाठेमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार सैनेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ। दुर्घटनामा चालक गणेश खड्का घाइते भएका छन्।
घाइतेको खड्कालाई उपचारका लागि सुर्खेत लगिएको छ। बा २ झ १७४० नम्बरको एम्बुलेन्स सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी प्रमख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। बिरामीलाई कालिकोटबाट सुर्खेतमा पुर्याएर फर्किँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री